तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी

बाजुरा । बाजुरा जिल्लाको दुर्गम क्षेत्रमा रहेको कोल्टीमा आइतबार बस पुगेको छ । सदरमुकाम मार्तडीबाट कोल्टीमा पहिलो पटक बस पुगेको हो ।

कोल्टीमा बस पुगेपछि त्यहाँका स्थानीय निकै खुसी भएका छन् भने बस हेर्न स्थानीय बासिन्दाको भिड लागेको छ ।

स्थानीय केशव बोहोराका अनुसार सो बस बाजुराको कोल्टी हुँदै हुम्लासम्म नियमित चल्नेछ । कहिल्यै बस नदेखेका बुढापाकाहरू भने मिनी बसलाई कति ठुलो भनेर अच्चमित परेका छन्।

कर्णाली प्रदेश०२ ००१ ख ०४०२ नम्मरको बस आज कोल्टी पुगेको हो। बस सेवा सञ्चालनसँगै त्यो क्षेत्रका चार स्थानीय तह र हुम्ला जिल्लाका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button