तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी आयोजनाबाट १९ घर परिवार लाभान्वित

भोजपुर । खानेपानी आयोजनाबाट भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्बर ६ जरायोटारका उन्नाइस घर परिवार लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले खानेपानी आयोजनामा सहयोग गरेपछि जरायोटार ६ खानीगाउँको दलित बस्तीका १९ घर परिवार लाभान्वित भएका हुन । रेडक्रसको करिब ७ लाख र वडा कार्यालय जरायोटारको सहयोगमा १० हजार लिटरको पानी टंयाकी निमार्ण, पाइप,  धारा जडान गरिएपछि सो बस्तीमा खानेपानीको पहुँच पुगेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले जानकारी दिनुभयो ।
समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत दलित तथा विपन्न टोलमा खानेपानी विस्तार कार्यक्रमबाट खानीगाउँ टोलमा एक घर एक धारा अभियान अन्तर्गत पानी जडान गरिएका रेडक्रसले जनाएको छ । खानेपानीको सुविधाबाट वञ्चित परिवारलाई नेपाल रेडक्रस र वडा कार्यालय मार्फत पानीको सुविधा गरिएपछि स्थानीयहरू समेत खुसी देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button