तपाईँ सुन्दै हुनुहुन्छः

‘पाँचौँ ऋषिङ्ग सांस्कृतिक महोत्सव’ फागुन २८ गतेदेखि हुँदै 

तनहुँ । पाँचौँ  ऋषिङ्ग सांस्कृतिक महोत्सव–२०७७ फागुन २८ गतेदेखि चैत १ गतेसम्म ऋषिङ्ग गाउँपालिका वडा नं ६ गोठादीमा हुने भएको छ ।
संस्कृति संरक्षण, प्रतिभा प्रोत्साहन र पर्यटन प्रवर्द्धनका लागि पाँचौँ ऋषिङ्ग सांस्कृतिक महोत्सव भन्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको शनिवार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
महोत्सवमा बाल कलाकारहरू कमला घिमिरे मुना मगरलगायतका कलाकारको उपस्थिति रहने अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button