तपाईँ सुन्दै हुनुहुन्छः

खानी गाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७ मा रहेको खानी गाउँ स्वास्थ्य चौकी भवनको आज उद्घाटन गरिएको छ ।

१ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवनको एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

भवनको लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै सांसद रानाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सुविधा सम्पन्न भौतिक पूर्वाधारको अभावका कारण स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्ने भन्नुहुँदै गाउँपालिकाले भौतिक पूर्वाधारको विकासमा देखाएको सक्रियता अत्यन्त महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

जनताको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले सोही अनुरूप स्थानीय सरकारले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एउटा कोठाबाट मात्रै सेवा सञ्चालन गर्दै आएका कार्यालयको अहिले शौचालयसहित ७ कोठे डेढ तले भवन निर्माण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button