अवहेलना मुद्दामा अध्यक्ष प्रचण्डद्वारा लिखित जवाफ पेस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सर्वोच्च अदालतमा उपस्थित भएर अवहेलना मुद्दाको लिखित जवाफ पेस गर्नु भएको छ ।
सर्वोच्चमा लिखित जवाफ पेस गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा आफूबाट हुनै नसक्ने बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले जवाफमा, आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र संविधान विरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको भन्दै यसबाट अदालतको अवहेलना हुनै नसक्ने बताउनुभयो ।

विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानि हुने गरी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष प्रचण्ड विरुद्ध दायर भएको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्