तपाईँ सुन्दै हुनुहुन्छः

नेवा संस्कृति र परम्परा नेपालको अमूल्य नीधिः मुख्यमन्त्री पौडेल

file photo

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि रहेको बताउनुभएको छ ।

नेवा गुठी खल मकवानपुरको वार्षिक साधारण सभालाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले नेवारी परम्पराको संरक्षण र संवर्द्धन गर्दै आफ्नो पहिचान जोगाउन गुठीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले नेवा गुठीले निर्माण गर्न लागेको शंखधर साख्वा उद्यानको सफलताको कामना गर्दै हरेक परियोजना सफल बनाउन निरन्तर सक्रियताको आवश्यकता पर्ने बताउनुुभयो । उहाँले  उक्त उद्यान निर्माणका लागि प्रदेश सरकारले तत्काल रु १० लाख बजेटको व्यवस्था गरेको र आगामी वर्षमा पनि यसमा रकम थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबिच, नेवा गुठी खल मकवानपुरले बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई सम्मान गरेको छ । नेवार समुदायबाट राजनीतिक क्षेत्रमा लागि सफलता प्राप्त गर्नु भई नेवारी समुदायको गौरव बढाएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको नेवा गुठी खलले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button