तपाईँ सुन्दै हुनुहुन्छः

माडीको विकासमा कुनै कमी हुन दिँदैनौ : अध्यक्ष रावल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष पार्वती रावलले माडीको विकासमा कुनै कमी हुन नदिने बताउनु भएको छ ।
उहाँले माडीको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट थुप्रै काम भइरहेको बताउनुभयो । स्वयं प्रधानमन्त्री केपी ओलीले नै माडीलाई मणी बनाउने उद्घोष गरेको बताउनुहुँदै पार्टी अध्यक्ष रावलले माडीको समुन्नत विकासको लागि पार्टी र सरकार तपाइहरूकै साथमा छ, उहाँ भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर कमिटीद्वारा माडीको वसन्तपुरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै जिल्ला अध्यक्ष रावलले सरकारले गरेका ठुला –ठुला योजना र विकासका कामलाई माडीका केही पक्षले असहयोग गरेको र काम असफल बनाउन लागिपरेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button