होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको तेस्रो अधिवेशन सम्पन्न
बर्दिबास । होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न अधिवेशनमा रेवन्त कार्की (सुदिप)को अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ ।
पर्यटकका लागि स्तरीय होटेल, होटेलका लागि आम पर्यटक भन्ने नाराका साथ जिल्ला अधिवेशनको आयोजना गरिएको थियो ।
प्रदेश २ का प्रदेशसभा सदस्य शारदा देवी थापाको प्रमुख आतिथ्य र होटेल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका जिल्ला अध्यक्ष दीपेन्द्र पराजुलीको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्