पत्रकार क्षमता विकास तालिम सम्पन्न
बैतडी । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित पत्रकार क्षमता विकासका लागि अभिमुखिकरणसम्बन्धी एक दिने तालिम बैतडीमा सम्पन्न भएको छ ।
तालिममा विभिन्न सञ्चार माध्यमसँग सम्वद्ध २५ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा सम्पन्न क्षमता विकास तालिममा वरिष्ठ पत्रकार धर्मेन्द्र झा र हरिबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापन गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सुशासन र पारदर्शिताका लागि सञ्चारकर्मीको ज्यादै ठुलो योगदान रहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्