मैत्रीपूर्ण भलिबल प्रतियोगितामा बेलौरी विजयी
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका कर्मचारीहरूबिच शनिबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा बेलौरी नगरपालिका विजयी भएको छ ।
दुवै नगरपालिकाले दश हजारका दरले रकम जम्मा गरी राष्ट्रिय अम्पायर हिमाल विष्टको उपस्थितिमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
बेलौरीको खुलामञ्चमा आयोजित प्रतियोगितामा बेलौरी नगरपालिकाको टिम विजेता बन्दै पुरस्कार स्वरूप नगद बिस हजार रुपैयाँ हात पार्न सफल भएको टिम क्याप्टेन अशोक पाण्डेयले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्