तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक पर्यटकीय स्थल लिङ्गा क्षेत्रमा पूर्वाधार निर्माण गरिने

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल लिङ्गा क्षेत्रमा पूर्वाधार निर्माण गरिने भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लिङ्गा क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमसँगको साझेदारीमा ७ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण हुने भएको छ ।

नगरपालिकाका अनुसार वेदकोट नगरपालिकाको दुई करोड ४५ लाख र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चार करोड ५५ लाख गरेर ७ करोड लगानीमा पूर्वाधार निर्माण हुने जनाइएको छ ।

दुई वर्षभित्र पूर्वाधार तयार पारिने वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताउनु भएको छ ।

लिङ्गा क्षेत्रमा विवाह मण्डप, पार्क, नदी तटबन्ध गर्ने कार्य, बायो इन्जिनियरिङ, ध्यान केन्द्र तथा हेल्थ केयर सेन्टर निर्माण, आउटर बाउन्ड्री निर्माण, नेपालको पूर्वदेखि पश्चिमसम्मका महादेवका मूर्ति स्थापना हुने बताइएको छ ।

यसै गरी, सोसल कल्चरल एरिया, घण्टी स्थल, स्नान गृह, चिडियाघर, वेदकोट सङ्ग्रहालय, वेदकोटदेखि लिङ्गा क्षेत्र जोड्ने पदमार्ग, रिर्साेट, कटजे, रेस्टुरेन्ट, विश्राम स्थल, खानेपानी व्यवस्थापन केन्द्रलगायतका विभिन्न पूर्वाधार निर्माण हुने नगरप्रमुख चन्दले  बताउनु भएको छ ।

वेदकोट नगरपालिका भरी रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थहरुको वृद्धि विकासका लागि यस वर्ष थप एक करोड लगानी गरेको नगरपालिकाका प्रमुख चन्दले जानकारी दिनु भएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा बजेट विनियोजन गरेको  नगरप्रमुख चन्दले बताउनुभयो  ।

धार्मिक तथा पर्यटकीय स्थलहरूमा खानेपानीको व्यवस्था मिलाउने, धर्मशाला बनाउने, सुरक्षा व्यवस्था, बिजुलीको तथा सोलारको पहुँच गराउने जस्ता कार्यहरूमा नगरपालिकाले बजेट बजेट  खर्च गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button