तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको बोइलर कुखुरा नष्ट 

जनकपुरधाम । भारतबाट चोरी पैठारी गरी ल्याइएका लाखौँ मूल्य बराबरको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएर नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नंं ८ गण हेड कार्यालय धनुषाबाट खटिएका गस्ती टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको ६ वटा मोटरसाइकलसहित ५ सय ५० वटा बोइलर कुखुरा नियन्त्रणमा लिई आज नष्ट गरेको हो ।

करिब दुई लाख १६ हजार मूल्य बराबरको कुखुरा विभिन्न नाकाबाट विभिन्न मितिमा भित्र्याइरहेको अवस्था सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिई नष्ट गरेको सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेनले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले पशु क्वारेनटाइन कार्यालय तथा पशु चिकित्सकको उपस्थितिमा भारतबाट ल्याइएका  बोइलर कुखुरा खाल्डो खनेर नष्ट गरेको हो ।

अहिले भारतबाट पशुपक्षी जन्य पदार्थको ओसारपसार तथा पैठारीमा पूर्णरुपमा निषेध भए पनि चोरी गरी सीमावर्ती भारतीय क्षेत्रबाट भित्र्याउने काम भएपछि सीमा नाकामा सुरक्षा निगरानी बढाएपछि सो परिणाममा कुखुरा बरामद भएको हो ।

खास गरेर भारतमा पनि वर्डफ्लु देखापरेपछि सीमा नाकामा कडाइका साथ चेक जाँचसहित गस्ती बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button