राना थारु सङ्ग्रहालयको निर्माण ९० प्रतिशत सम्पन्न

कञ्चनपुर । कञ्चनपुर– कैलालीको एक मात्र राना थारु सङ्ग्रहालयको निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डास्थित राना थारु सङ्ग्रहालय २०७४ सालदेखि निर्माण सुरु भएको थियो ।
कैलाली–कञ्चनपुर जिल्ला आदिवासी समुदायको रुपमा रहेको राना थारुको परम्परागत कला, संस्कृति , भेषभुषाको जगेर्ना गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सङ्ग्रहालयमा लगभग १५ करोड लगानी लाग्ने राना थारु सङ्ग्रहालयका समितिका अध्यक्ष विश्राम रानाले बताउनु भएको छ ।
सुरुमा भवन निर्माणका लागि ५ करोड ३६ लाखमा ड्रगन बि।एन।सी जेबीसँग सम्झौता गरिएको अध्यक्ष रानाले बताउनु भएको छ ।
निर्माण कम्पनीले २०७७ साल असार मसान्तसम्म भवन निर्माणको काम सम्पन्न गर्ने भने पनि कोभिड–१९ का कारण निर्माण कार्य स्थगित भएको अध्यक्ष रानाले बताउनुभयो । भवन निर्माणको काम सम्पन्न भएपछि अन्य प्रक्रियामा जाने उहाँको भनाई छ ।
लगभग ४ विघा क्षेत्रफलमा फैलिएको सङ्ग्रहालयको भवन ५ कट्टामा निर्माण भएको सङ्ग्रहालय समितिका अध्यक्ष रानाले बताउनुभयो । सङ्ग्रहालय क्षेत्रमा पाले घर, कार्यालय, भान्सा घर, संग्रालय, पूस्ताकालय र बैठक स्थान समेत गरी ६ वटा भवन निर्माण भइरहेका छन् । सङ्ग्रहालय भवन दुई तले छ भने अन्य भवन एक तले रहेका छन् ।
सङ्ग्रहालयमा राना थारु समाजका सम्पूर्ण सामग्री तथा राना थारु भोजनका परिकार पाइने सङ्ग्रहालय समितिका उपाध्यक्ष कन्हैया रानाले बताउनुभयो । उहाँका अनुसार कैलाली कञ्चनपुरमा बसोबास गर्ने राना थारुले आफ्नो पुरानो रीतिरिवाजका बारेमा पर्याप्त जानकारी पाउनेछन् ।
कालेश्वर महादेव मन्दिर समितिले कालेश्वर आधारभूत विद्यालयलाई प्रदान गरेको जमिनमा निर्माण हुन लागेको सङ्ग्रहालयको मुनाफाको ५० प्रतिशत विद्यालयलाई प्रदान गरिने समितिका सचिव जानमति रानाले बताउनुभयो ।
बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित कालेश्वर आधारभूत विद्यालयले जग्गा प्रदान गरेकाले विद्यालयको विकासका लागि ५० प्रतिशत रकम दिइने सहमति भएको उहाँले बताउनुभयो ।
संग्रालयको निर्माण पर्यटन विभागले गरिरहेको हो ।








प्रतिक्रिया राख्नुहोस्