तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट अवैध रुपमा ल्याइएका कुखुराका चल्ला बरामद 

कञ्चनपुर । कञ्चनपुर प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका कुखुराका चल्ला बरामद गरेको छ ।

भीमदत्त नगरपालिका–९ बह्मदेवबाट भन्सार छलेर ल्याइएका ४ कार्टुन कुखुराका चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बरामद चल्ला स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button