कैलालीमा एक जना युवक मृत फेला
धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटी नजिक एक जना युवक मृत फेला परेका छन् ।
आज बिहान स्थानीय शिवचरण राना मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनको टाउको धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या भएको आशङ्का गरिएको छ ।
अहिले घटनास्थल सिल गरिएको र तालिम प्राप्त कुकुर लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी सोही ठाउँमा पसल सञ्चालन गर्दै आएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्