तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहीनका पक्षमा काम गर्न अध्यक्ष ज्ञवालीको आग्रह

नुवाकोट । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जिल्ला समितिका पदाधिकारी र स्थानीय तहलाई जग्गाविहीनका पक्षमा निष्पक्षरुपमा काम गर्न आग्रह गर्नुभएको छ ।

आयोगको जिल्ला समितिको कार्यालय आज उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले वास्तविक भूमिहीनको पहिचान गरी काम गरेर पुण्य कमाउन आग्रह गर्नुभएको हो ।

उहाँले जग्गासम्बन्धी धेरै समस्या रहेकोले काम गर्न त्यति सहज नभए पनि अहिले कानुन, नियमावली र कार्यविधि बनाएर सरकारले आयोग स्थापना गरेकोले निर्धक्क भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा स्थानीय प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, स्थानीय तहसँग सहकार्य गरेर वास्तविक भूमिहीन तथा भूमि भएर भूमिहीन भएकाको विवरण सङ्कलन गरी पुर्जा वितरणको वातावरण बनाउन आग्रह गर्नुभयो ।

जिल्ला समितिका अध्यक्ष बिन्दा ढुङ्गानाले जिल्लाका १२ वटा स्थानीय तहमध्ये १० वटासँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button