कोरोना भाइरसबाट आज थप १ सय १२ जना संक्रमित

काठमाडौँ । कोरोना भाइरसबाट आज थप १ सय १२ जना संक्रमित भएका छन् ।
आज थप ३ हजार ९ सय ४४ वटा नमूना परीक्षण गर्दा ४४ जना महिला र ६८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ५४ जना संक्रमण मुक्त भएका छन् ।
हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ भने ९ सय ३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ४ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्