तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । चरेस र खैरो हिरोइनसहित उनीहरूलाई दुई फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, वेदकोट नगरपालिका वडा नम्बर १० का पुष्पमणि थापा र महेश विष्टलाई २.४८० ग्राम लागु औषध खैरो हिरोइन र १.१५० ग्राम चरेस सहित झोलुङ्गे पुलबाट पक्राउ गरिएको हो । त्यस्तै, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीका विक्रम ठकुल्ला र दीपेन्द्र सुनारलाई शुक्रवार ८.१० ग्राम खैरो हिरोइन सहित नगद ५४ हजार १ सय ७० रुपैयाँ र उक्त ओसारपसारमा प्रयोग गरिएको कार समेत पक्राउ गरिएको छ ।

चारै जनाविरुद्ध लागु औषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button