नेकपा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा विशाल भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईलाई दिनुभएको छ ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा देवप्रसाद गुरुङ हुनुहुन्थ्यो ।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम आजबाट लागू हुने गरी विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्