तपाईँ सुन्दै हुनुहुन्छः

६ महिने सिलाइकटाई तालिम सुरु

उदयपुर । उदयपुरमा एक सामुदायिक बन उपभोक्ता समूहले सिलाइकटाई तालिम सञ्चालन गरेको छ ।
जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेस्थित कालिकादेवी सामुदायिक बन उपभोक्ता समूह उक्त सिलाइकटाई तालिम सञ्चालन गरेको हो ।
समूहले आफ्नो संस्थामा आबद्ध महिला उपभोक्ताहरू आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले ६ महिने तालिम सञ्चालन गरेका बताएको छ  ।
तालिममा आठ जना महिला उपभोक्ताहरूले सहभागिता जनाएको समूहका अध्यक्ष दोलख मगरले बताउनुभयो  ।
अध्यक्ष मगरका अनुसार संस्थाले करिब दुई लाख बराबरको सिलाइकटाईको क्रममा प्रयोग हुने सामाग्री खरिद गरेको छ ।
त्यसै गरी सिलाइकटाई उद्घाटन कार्यक्रमसँगै समूहको आफ्नो कार्यालयसमेत शिलान्यास गरेको छ ।
टिनको छानो भएको एक कार्यालय कक्षा र एक सभा हल गरी दुई वटा कोठा भएको भवन बन्न लागेको अध्यक्ष मगरले बताउनुभयो ।
तालिमको उद्घाटन र भवनको शिलान्यास बिहीबार एक कार्यक्रम बिच वडाध्यक्ष कुरुङ राई र जिल्ला बन महासङ्घ उदयपुरका उपाध्यक्ष बदबहादुर राईले संयुक्त रुपमा गर्नुभएको थियो  ।
कार्यक्रममा वडा सदस्य हेमराज मगर, वडासचिब रितकुमार राई, पत्रकार महासङ्घ उदयपुरका सह–सचिव गजेन्द्र राई, समाजसेवी कुमार राई लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button