तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरको राजीनामा स्वीकृत 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यन्यायाधिवक्ता विद्या भूषण मानन्धरको राजीनामा स्वीकृत भएको छ ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जारी गरेको परिपत्र अनुसार नेपालको संविधानको धारा १६० को उपधारा (४) (क) बमोजिम बिहीबार प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार मानन्धरको राजीनामा स्वीकृत गरिएको हो ।

मानन्धरले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष पेस गरेको राजीनामा स्वीकृत भएको मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतका सूचना अधिकारी खेमराज केसीले जानकारी दिनुभयो ।

उहाँले मानन्धरको राजीनामा फागुन १ गतेदेखि लागु हुने स्वीकृत भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मानन्धर कर्णाली प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा नेपालको संविधान धारा १६० को उपधारा (२) बमोजिम २०७४ चैत २८ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त भएका हुनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button