लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा नं. ९ का २५ बर्षीय रोसन दर्जीलाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो ३ बजे मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा चेक जाँच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्