प्रा.डा. थापालाई तनहुँ रत्न सम्मान पुरस्कार

तनहुँ । तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राध्यापक डा.बुद्धि बहादुर थापालाई सम्मानित गरिएको छ ।तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी १० हजार रुपैया र ताम्रपत्र रहेको समाजका अध्यक्ष अम्विका प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख रुपैयाको अक्षयकोषको प्राप्त ब्याजबाट नगदसहित सम्मान गरिएको समाजले जनाएको छ ।
सम्मानित व्यक्ति प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ । शुक्लागण्डकी–३ वनकेवामा जन्मिनुभएको उहाँ झण्डै ४ दशकदेखि चिकित्सा क्षेत्रमा क्रियाशिल छन् । वि.स. २०४१ सालबाट सेवा प्रारम्भ गरेका डा. थापा २०४६ सालदेखि पोखरामा बस्दै आउनुभएको छ ।
शुक्लागण्डकी–५ बेलचौतारामा रहेको तत्कालिन सेतीगंगा सामुदायिक अस्पताल निर्माण र जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रुपान्तरण गर्न समेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्