हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासकी एक महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । पुनर्वाससँगै जोडिएको भारतीय दुधुवा नेशनल पार्क क्षेत्रमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको बिहीबार जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय जङ्गलमा महिलाको मृत्यु भएकोले बिहीबार अबेर साँझसम्म भारतीय सुरक्षाकर्मीहरुले शव नेपाल ल्याउन दिएका थिएनन् । यद्यपि पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, बन अधिकृतसहितको टोलीको समन्वयमा मृतक महिलाको शव नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मृतक धनादेवी थापाको शव पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा सहितको रोहबरमा परिवारलाई बुझाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्