पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रामपुर ६ विजपुरका ३० वर्षीय युवा सञ्जु आलेको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
गए राती करिब ९ बजे तिर दुर्घटना भई रामपुर अस्पताल लैजाँदै गर्दा उनको निधन भएको प्रहरीको भनाई छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्