राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । दोस्रो चरणको प्रशिक्षण सुरु भएको दुई हप्तामा स्थगित हुन पुगेको हो ।
क्यानले फागुन २२ देखि सुरु हुने काठमाडौँ मेयर कप–२०७७ लाई कारण देखाउँदै स्थगित गरेको जनाएको छ । क्यानले फागुन २ गते देखि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडीलाई राखेको थियो ।
नेपालले चैतमा ओमानमा अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहे पनि कोरोना महामारीलाई देखाउँदै आइसिसीले स्थगित गरेको थियो । उक्त भ्रमणको लागि क्यानले दुई चरणमा खेलाडी बोलाएको थियो । पहिलो चरणमा २१ र दोस्रो चरणमा २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।
मेयर कप फागुन २२ देखि २९ गते सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ ।








प्रतिक्रिया राख्नुहोस्