ग्यारी फिलिप्स महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले अस्ट्रेलियन ग्यारी फिलिप्सलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन गरेको छ ।
एन्फाको टेक्निकल कमिटीले बिहीबार रिक्त रहेको महिला टिमको मुख्य प्रशिक्षकमा ग्यारीलाई चयन गरेको हो । उनलाई एएफसी एसियन कप छनोट र महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षक बनाएको बताइएको छ ।
अस्ट्रेलियन ग्यारीले एक बर्ष एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा काम गर्नु भएको थियो । तर कोरोनाका कारण केही महिना स्वदेशमै बस्नु भएको थियो । कोरोना कम भएपछि उनी केही महिना अगाडि नेपाल आउनु भएको थियो ।
नेपालमा भएको १३ औँ सागमा फाइनलमा पराजित भएपछि नेपाली महिला फुटबल टिम मुख्य प्रशिक्षक विहीन रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्