तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीमा बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला 

पूर्वी नवलपरासी । नारायणी नदीमा डुबेर बेपत्ता भएका पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका १० पितौजी बस्ने ३५ वर्षीय भिमबहादुर थापाको शव एपीएफ टोलीले आज गते फेला पारेको छ ।
बुधवार नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट एपीएफ टोली तत्कालै उनको खोजी कार्यको लागि खटिएको थियो ।
एपीएफ टोलीले स्थानीय बोटेहरुको सहयोगमा निज थापाको शव नारायणी नदीबाट बाहिर निकाली स्थानीय प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button