तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक जना पक्राउ

सुनसरी  । सुनसरीको इटहरी उपमहानगरपालिका–११ सिमरवना चोकबाट लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

स्थानीय मिथलेस बिकको घरमा अवैध लागु औषध गाँजा बिक्री वितरण हुँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

विकको घर कोठामा प्लास्टिकको बोराभित्र हाली लुकाई छिपाई राखेको लागु औषध गाँजा ९ के.जी. फेला परेको प्रहरीले जनाएको छ ।

गाँजासहित विकलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन–२०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button