तपाईँ सुन्दै हुनुहुन्छः

१ सय १२ जनामा कोरोना सङ्क्रमित थपिए, ८४ जना सङ्क्रमणमुक्त

काठमाडौं । आज थप १ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ३ हजार ४ सय ११ वटा नमुनाको परीक्षण गर्दा ६० पुरुष र ५२ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ८४ जना निको भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार २ सय २३ पुगेको छ

मन्त्रालयले एक वर्षको अवधिमा सङ्क्रमणपछि मृत्यु भएका, शव व्यवस्थापन तथा लक्षण देखिएका व्यक्तिको अध्ययनको आधारमा मृत्यु सङ्ख्या थप गरेको छ । जसअनुसार आज कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा ८३ जना थपिएका छन् ।

योसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ७ सय ६७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button