‘प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मुलुकमा राजनीतिक अस्थिरता बढ्ने’
रुपन्देही । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मुलुकमा राजनीतिक अस्थिरता बढ्ने बताउनुभएको छ ।
उहाँले विभिन्न शक्ति राष्ट्रहरू यसको चलखेलमा लागेकाले यस्तो अवस्था आउने बताउनुभयो ।
प्रगतिशील पत्रकार सङ्घले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सांसद पुनर्स्थापना भएसँगै संविधान थप बलियो भए पनि राजनीतिक अस्थिरता भने बढेको र साम्रराज्यवादीहरुको चलखेल बढ्न थालेको बताउनुभयो ।
मुलुकमा स्थिर सरकारको आवश्यकता रहेको र त्यसको लागि राजनीतिक अस्थिरता हटाउनुपर्ने सिंहको भनाइ थियो ।
उहाँले अबको राजनीतिक अवस्थामा दलले अगाडि सारेको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्