सेवाग्राहीसँग घुस लिएको अवस्थामा सशस्त्र प्रहरीका दुई जना अधिकृत पक्राउ
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुस लिएको अवस्थामा दुई जना सशस्त्र प्रहरीका अधिकृतलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प गैडहवा–३ लोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी घुससहित पक्राउ परेका हुन् ।
बिहीबार १० बजे उनीहरूलाई सेवाग्राहीबाट ५० हजार घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा रुपन्देही गैडहवा गाउँपालिका–३ बाट उनीहरूलाई नियन्त्रणमा लिएको नियन्त्रणमा लिएको घटनाबारे थप अनुसन्धान भइरहेको भुसालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्