तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं।पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ ।बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने सो पार्टीले जनाएको छ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरी १३ दिन भीत्र संसद बैठक बोलाउन आदेश दिए संगै दलहरु विचका आन्तरिक र बाह्य छलफल चलेको बेला , कांग्रेस आफ्नो धारणा बनाउन पदाधिकारी तहमा बस्न लागेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button