अमृत हत्याका प्रतिवादी पुर्पक्षका लागी जेलचलान

बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं। ३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
मङ्गलवार अदालतले प्रतिवादीहरू वडा अध्यक्ष विकास ऐडी , प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञान बहादुर कठायतलाई कारागार चलान गरेको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिनुभयो । घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जया बहादुर रोकायालाई भने १ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । तर उनले एक लाख तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतले जनाएको छ । हत्याको अभियोग लागेका पाँचै जना यस अगाडी प्रहरी हिरासतमा थिए ।
गएको माघ १३ गते स्थानीय बान्नीचौर मा।वी।को विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरू बीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडा अध्यक्ष विकास ऐडी उनका भाइसहित केटाहरूको टोली आएर अमृत सिंहलाई एकाएक खुणा प्रहार गरी हत्या गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्