घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा लगातार घटिरहेकाे सुनको मूल्य आज पनि घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा ५ सयले घटेर ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८८ हजार ८५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्