तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताउनुभएको हो ।
सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने बताउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले सामना गर्र्ने बताउनुभयो । अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै उहाँले जनताले नै चुनेर पठाएकाले जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मूल्याङ्कन गर्ने बताउनुभयो ।
अदालतले संसद् पुनः स्थापनाको फैसला गरे लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँड्दै हिँडेको टिप्पणी गर्दै मन्त्री श्रेष्ठले सपना बाँड्दैमा र सपना देख्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने भनाइ राख्नुभयो ।
“राजीनामा माग्दैमा दिई हाल्ने यो कायर सरकार होइन, सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “अबको प्रधानमन्त्री पनि ओली नै हो”, उहाँले नै निर्वाचन गराउनुहुन्छ ।” उहाँले सामाजिक सञ्जाल र सडकमा कुर्लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याएर संसदबाट सरकार हटाएर देखाउन उहाँले चुनौती दिनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “अब खेल मैदानमा आएको छ, हामीसँग नेपालको राजनीतिका पेले छन्, रोनाल्डो छन्, म्यारोडोना र मेसी हामीसँगै छन्, त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनाँै, हाम्रै जीत सुनिश्चित हुनेछ, जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौँ । ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button