जुम्लाबाट यस वर्ष १९ करोड बराबरको स्याउ निर्यात

जुम्ला । जुम्लाबाट यस वर्ष १९ करोड बराबरको मात्र स्याउ निर्यात भएको छ ।
गत वर्ष ३४ करोड बराबरको स्याउ निर्यात भएको जुम्लाबाट यस वर्ष १५ करोडले घटेर १९ करोड बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
गत वर्ष स्याउबाट तीन वर्षकै दोब्बर आम्दानी भएको जुम्लामा यस वर्ष स्याउ उत्पादन नै दोब्बरले घटेपछि आम्दानी पनि घटेको कृषि विकास कार्यालयका कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष ६ हजार २ मेट्रिक टन मात्र स्याउ उत्पादन भएको छ । जुम्लाका साँढे १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । कृषि अधिकृत खेमराज शाहीले स्याउ खेतीका लागि कम्तीमा १ हजार घण्टा माइनस तापक्रम चाहिन्छ । हिउँ नपर्दा जमिनमा आवश्यक चिस्यान कायम नहुँदा स्याउ उत्पादन घट्दै गएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्