१४ करोड लगानीमा कर्णालीका २९ सय घरको छाना फेरिँदै
जुम्ला । साबिक कर्णालीका पाँच जिल्लाका २ हजार नौ सय ९५ घरका छाना फेरिने भएको छ । विपन्न नागरिकको घरको माटाको छानामुक्त बनाउने सरकारी अभियान अन्तर्गत साबिक कर्णालीका २ हजार नौ सय ९५ विपन्नको घरमा नयाँ छाना फेरिन लागेको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय जुम्लाको आवास व्यवस्थापन कार्यक्रम अन्तर्गत कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पामा १४ करोड ९७ लाख ५० हजारको लगानीमा २९ सय सय ९५ घरधुरीको नयाँ छाना छाउने तयारी भइरहेको कार्यालयका सव इन्जिनियर चन्द्र खड्काले बताउनुभयो ।
प्रति घरधुरीलाई ५० हजारका दरले दिँदा पाँच जिल्लाका २९ सय घरका लागि करिब १४ करोड ९७ लाख बजेट छाना फेर्न लगानी गरिने सव इन्जिनियर खड्काको भनाई छ ।
कर्णाली प्रदेश सरकारको विपन्नका घर माटो तथा खरको छानामुक्त बनाउने कार्यक्रम अन्तर्गत साबिक कर्णालीका पाँच जिल्लामा आवास व्यवस्थापन कार्यक्रमका रुपमा सञ्चालन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्