तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध खैरो हिरोइनसहित तीन जना पक्राउ

सुनसरी  । सुनसरी धरान उपमहानगरपालिका क्षेत्रबाट दुई दिनमा लागु औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–३ का ३० वर्षीय विनय तामाङ, २५ वर्षीय उत्सव श्रेष्ठ  र ३० वर्षीय उमेश श्रेष्ठलाई लागु औषध खैरो हेरोइन ओसार पसार तथा खरिद बिक्री गर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरी टोलीले उनीहरूलाई खोजतलास गर्ने क्रममा धरानको भृकुटीपथस्थित विनय तामाङको कोठामा पुग्दा विनय तामाङले लागु औषध खैरो हेरोइन बिक्री गर्ने प्रयोजनको लागि प्लास्टिकमा प्याकिङ (तौल ५ ग्राम) गर्दै गरेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका विनय तामाङ, उत्सव श्रेष्ठ  र उमेश श्रेष्ठसहित तीन जनालाई सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button