तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्नुहुँर्दैै प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्वच्छ र स्वस्थ प्रतिस्पर्धा लागि आग्रह गर्नुभयो ।
नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरको वार्षिक कार्य तालिका अनुसार आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता भएको हो ।
तिलोत्तमा–४ मा अवस्थित स्थानीय जनज्योति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा नगरका ३१ वटा विद्यालयहरूले १७ विधाका लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिता अन्तरगत पहिलो दिन १५ सय मिटर दौड, छात्रा तथा छात्रा भलिबल, तेक्वान्दो, सटपुट, कबड्डी लगायतका इभेन्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।
आगामी शुक्रवारसम्म चल्ने प्रतियोगितामा विभिन्न विधागत प्रतिस्पर्धामा पहिलो हुने प्रतियोगीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button