तपाईँ सुन्दै हुनुहुन्छः

बाघको छालासहित दुई जना पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसारपसारमा संलग्न रहेका दुई जनालाई  पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बाघको छाला ओसारपसार गरी बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधार खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रहरी टोलीले उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गोठी खोलाबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार सल्यान, बागचौर नगरपालिका वडा नम्बर ९ का २९ वर्षका सन्दीप डाँगी र सोही पालिका वडा नम्बर १५ का ३७ वर्षका इन्द्रबहादुर थापा बिक रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले  बाघको टाउकोदेखि पुच्छरसम्मको ४ फिट ५ इन्चको छाला बरामद गरेको छ ।
यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल पनि बरामद गरी प्रहरी उपरीक्षक चन्दले सार्वजनिक  गर्नुभयो ।
उहाँका अनुसार उक्त छालाको १० लाखमा कारोबार भइरहेको बताइएको थियो । पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसारपसारमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरी थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय पठाइएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो ।
यस्तै, जिल्ला प्रहरी  कार्यालय दाङले मोटरसाइकल चोरीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ का १९ वर्षका ओसिन खान र सोही ठाउँका १८ वर्षका बरुन कुमाल रहेका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएकाहरूमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button