जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देही । बुटवलमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवलतर्फ आउँदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु १ च ९०५० नम्बरको बोलेरोले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका–७ का ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते पन्थीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्