तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी समितिको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाउनुभएको छ ।

आज विहान ११ बजे बालुवाटारमा काठमाडौंमा उपलब्ध नेताहरुलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बोलाउनुभएको हो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाउनुभएको हो ।

आजै नेकपाको प्रचण्ड–माधव पक्षले पनि दिउसो चार बजेका लागि संसदिय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button