शेयर बजारमा तीव्र उतारचढाव

काठमाडौँ । मङ्गलवार नेपाली शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । नियमित कारोबार खुलेको सुरुवाती समयमा २५ अङ्कसम्म बढेको बजार त्यसपछि भने दिनैभर रातै भयो ।
तर एक समय ८८ अङ्क सम्म घटिसकेको बजारमा १ बजेपछि भने सुधार देखियो । यद्यपि सकारात्मक भने हुन सकेन । घट्ने अन्तर कम हुँदै गएर अन्तिममा २१ अङ्कले कारोबार घटेर बन्द भयो ।
सोमबार २६०७ विन्दुमा रोकिएको बजार सूचक मङ्गलवार २५८६ विन्दुमा आइपुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्