तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशमा भ्रष्ट्राचार र भेदभाव हटाउँछुः प्रदेश प्रमुख झा

बारा । प्रदेश नं.२ का प्रदेश प्रमुख राजेश झाले प्रदेशबाट भ्रष्टचार र जातीय, वर्गाीय भेदभाव हटाउनु आफनो पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।

बाराको जीतपुरस्थित श्री नं.२८ बाहिनी अड्डा हाताभित्र २ बिगाहा २ कठ्ठा ३ धुर जमिनमा निर्माण भईरहेको एकीकरण स्मृति उद्यानको स्थलगत अनुगमन गर्दै उहाँले प्रदेश नं.२ लाई अरु प्रदेश भन्दा अब्बल, भेषभुषा, जात वर्ग र समुदायको आधारमा हुने भेदभावको अन्त्य, सामाजिक सुशासन र नागरिकको सुरक्षातर्फ आफनो ध्यान केन्द्रित हुने बताउनुभयो ।

प्रदेशभित्र संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित गतिविधिको निगरानी आफुले गम्भीरतापूर्वक गर्ने बताउनुभयो । आफुमाथि हुने टिकाटिप्पणीलाई सकारात्मक रुपमा लिई शिरोधार गरी अगाडि बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button