तपाईँ सुन्दै हुनुहुन्छः

साँढे पच्चीस लाख रकमसहित दुई पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले २५ लाख ५० हजार रकमसहित दुई जना हुण्डी कारोवारीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको छ ।

धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नंं २ वाट पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला घर भईसोही ठाउँमा कपडाको पसल गर्दै आएका सञ्जय साह र भारतको विहार राज्यको मधुबन्नी जिल्लाका पिपरौन घर भएका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

झोलामा राखेर ल्याएका भारतीय नागरिकले स्थानीय व्यापारी साहको पसलमा राख्न खोज्दा पक्राउ गरेको र रकमको श्रोत नखुलेकाले आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको पनि जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेका प्रहरीको विषेश टोलीले पछ्याउदै नगराईनमा पक्राउ गरेका थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर आएका व्यक्तिवाट सो रकम बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button