तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सामाग्री खरिदका लागि आयोगद्वारा बोलपत्र आव्हान

File Photo

काठमाडौँ । आउँदो वैशाख १७ र २७ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदान केन्द्रमा प्रयोग हुने सामाग्री खरिद गर्न निर्वाचन आयोगले बोलपत्र आव्हान गरेको छ ।

आज आयोगले एक विज्ञप्ति जारी गदै सामाग्री खरिद गर्न ७ दिनको सूचना सहित भोलि फागुन ११ गते गोरखापत्र र आयोगको वेबसाइटमा प्रकाशित गरिने बताएको छ ।

बोलपत्रदाताले यही फागुन ११ गतेदेखि १७ गतेसम्म कार्यालय समयभित्र आयोगबाट बोलपत्र खरिद गरी १८ गते १२ः०० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button