भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका कुखुरा नष्ट

सुनसरी। इलाका प्रहरी कार्यालय लौकहीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका ७१ थान ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायव निरीक्षक हरिकुमार कार्कीको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले कोसी गाउँपालिका ४ नहर चोकमा भारतबाट अवैध रुपमा नेपालतर्फ साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७१ वटा ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
अवैध रुपमा कुखुराहरु नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरु प्रहरी देखेपछि कुखुरा छाडेर भागेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्