शिशु हत्याको आरोपमा दुई महिला पक्राउ

ताप्लेजुङ। ताप्लेजुङ प्रहरीले अवैध रुपमा जन्माएको शिशुको हत्या गरेको अभियोगमा दुई महिला पक्राउ गरेका छन् । शिशुलाई जन्माएर कर्तब्य गरी हत्या गरेको आरोपमा आइतबार जिल्लाको फक्ताङलुङ गाउँपालिका ३ खेजेनिमका ३७ वर्षय लाक्पा दिकी शेर्पा र मेरिङदेन गाउँपालिका २ सान्थाक्रका २२ वर्षिय स्याङमु शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक महोन पोख्रेलले बताउनुभयो ।
लाक्पा डिकीले खेजिनिमको गुम्बाडाँडाको अम्रिसो रोपेको पाखामा नबजात शिशुको हत्या गरेर फलेको प्रारम्भिक बयानमा स्विकारेको छ भने स्याङमुले पनि गत माघ २२ गते अबैध शिशु जन्माएर हत्या गरी अलैची बगानमा फालेको स्विकार गरेको प्रहरीको भनाई छ ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी दुबैको थप अनुसन्धान भइरहेको नायव उपरिक्षक राणले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्