तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु

पाल्पा ।  पाल्पाका सबै स्थानीय तहमा एक दिने स्वास्थ्य संस्था तथा विद्यालयका श्रोत शिक्षकहरुको लागि किशोरीहरुलाई आइरन चक्की वितरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । साथै आइरन तथा फोलिक एसिड खुवाउने काम सुरु भएको छ ।

किशोरीहरुलाई आइरन वितरण कार्यक्रमले आइरनको कमीले हुने रक्तअल्पता’को नियन्त्रण किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउने र पोषण शिक्षा मार्फत किशोरीहरूमा आइरनयुक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार ल्याउने उद्धेश्य कार्यक्रमले लिएको पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

नेपाल सरकारको सशक्र्त अनुदान तर्फको कार्यक्रमबाट दुई चरणमा कार्यक्रम हुने भएको हो । पहिलो चरणमा माघ, फागुण र चैत्र र दोस्रो चरणमा साउन, भदौ र असोजमा हुने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

यस कार्यक्रमले १० देखि १९ वर्ष उमेर समूहका सबै किशोरीहरू सार्वजनिक तथा निजी विद्यालय जाने र विद्यालय नजाने गरि दुई लक्षित वर्गमा निर्धारण गरि विद्यालय जानेलाई विद्यालयबाट र विद्यालय नजाने किशोरीहरुलाई महिला स्वास्थ्य स्वयम सेविकाहरु र स्वास्थ्य संस्था मार्फत खुवाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button